‘ए’ डिभिजन लिग : आज हिमालयन शेर्पा र च्यासल तथा मनाङ र मच्छिन्द्र खेल्दै

 पुस १०, २०७८ शनिबार ७:१२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब खेल्दैछन् ।

खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन शेर्पा क्लब ५ खेलमा एक जित, दुईमा बराबरी र दुईमा हारसहित ५ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । समान खेलमा एक जित, एक बराबरी र तीन वटामा पराजित च्यासल युथ क्लब ४ अङ्कका साथ १३औँ स्थानमा छ ।

त्यस्तै आज हुने दोस्रो खेलमा अङ्क तालिकाको शीर्ष दुईमा रहेका मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु हुनेछ । अङ्क तालिकामा मनाङ शीर्ष स्थानमा छ। उसको चार जित र एक बराबरीसहित १३ अङ्क छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको मच्छिन्द्रले तीन जित र दुईमा बराबरी खेल्दै ११ अङ्क जोडेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया