अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेञ्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ ।
आजको खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो । नेपालले बङ्गलादेशलाई २५–५, २५–१५ र २५–१७ को सेटमा हरायो । अब नेपालले भोलि उज्बेकिस्तानसँग खेल्नेछ ।
यसअघि नेपालको महिला टोलीले पहिलो खेलमा श्रीलङ्कालाई ३–२ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो । साविक विजेता नेपालले ३ खेलमा ८ अङ्क जोडेको छ । नेपाल शीर्ष स्थानमा छ ।
यसैबीच नेपालको पुरुष टोलीले आज श्रीलङ्कासँग खेल्दैछ । नेपाल र श्रीलङ्काबीचको खेल बेलुका पौने ६ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ३–० को सेटमा पराजित भएको थियो । दोस्रो खेलमा उज्बेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।