उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला टोली फाइनलमा

 पुस ११, २०७८ आइतबार १४:४४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली महिला टाेली एभीसी सेन्ट्रल जोन भलिबलको फाइलनमा पुगेको छ । बङ्गलादेशको ढाकामा आज आइतवार भएको खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो ।

लगातार चौथो खेल जित्ने क्रममा नेपाली महिला टोलीले आज उज्वेकिस्तानलाई तीन–शून्यको सोझो सेटमा हरायो । नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सेटमा हरायो ।

नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल भोलि किर्गिस्तानसँग खेल्नेछ ।

नेपाली महिला टोली एभीसी सेन्ट्रल जोन भलिबलको गएकाे संस्करणको विजेता पनि हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया