इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी, चेल्सी र टोटेनह्याम विजयी

 पुस १२, २०७८ सोमबार ७:५२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै सिटीले शीर्ष स्थानमा ६ अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको १९ खेलमा ४७ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको ४१ अङ्क रहेको छ । लेस्टर २२ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले फराकिलो जित निकालेको छ ।

आर्सनलले नर्विच सिटीलाई ५–० गोल अन्तरले हराएको हो । जितसँगै १९ खेलमा ३५ अङ्क जोडेको आर्सनल चौथो स्थानमा छ । नर्विच भने १० अङ्क जोडेर पुछारमा  छ ।

यस्तै, अर्को खेलमा टोटेनह्यामले क्रिस्टल प्यालेसलाई ३–० गोल अन्तरले  पराजित गरेको छ ।

पाँचौँ स्थानमा रहेको टोटेनह्यामको २९ अङ्क छ भने २० अङ्कसहित क्रिस्टल प्यालेस १२औँ स्थानमा छ । यस्तै, गएरातिकै अर्को खेलमा  चेल्सी र ब्राइटन विजयी भएका छन् । चेल्सीले एस्टोन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गर्यो भने ब्राइटनले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गर्यो ।

जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको ४१ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग अङ्क बराबरी गरेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया