सन् २०२१ मा जलवायुजन्य विपद्का कारण अर्बौँ डलरको आर्थिक क्षति

 पुष १३, २०७८ मंगलबार ६:५१:५९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सन् २०२१ मा जलवायुजन्य विपद्का कारण विश्वभर अर्बौँ अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ ।

हालै सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर कम्तीमा १० वटा मौसमी अति विषमका घटना भएका छन् ।

प्रतिघटना एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति भएको पाइएको छ । अमेरिकामा गएको अगस्टमा आएको आइडा आँधी तथा जुलाईमा युरोपमा आएको बाढीका कारण सबैभन्दा बढी क्षति भएको छ ।

बाढी तथा आँधीले तुलनात्मक रुपमा गरिब देशमा गम्भीर असर पारेको अध्ययनको निष्कर्ष छ ।

गरिब देशका नागरिक विस्थापित हुनुपरेको छ भने जनजीवनमा ठूलो असर पारेको पाइएको छ । दक्षिणी सुडानमा बाढीका कारण ८ लाखभन्दा बढी मानिस विस्थापित भएको तथा भारत, श्रीलङ्का र माल्दिभ्समा ताउते आँधीबाट दुई लाख मानिस विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आईपीसीसीले यसअघि सार्वजनिक गरेको विवरणमा पनि विश्वभर जलवायुजन्य विपद्का घटना बढेको उल्लेख गरेको थियो । साथै विश्वभरि नै चरम मौसमी गतिविधि, बाढी, पहिरो, वर्षा, खडेरी, अनियन्त्रित डढेलोका घटनाहरू बढेको र त्यस्ता घटना अझै बढ्न सक्ने चेतावनी दिइएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया