एसियन सेन्ट्रल जोन : महिलातर्फ उपाधिका लागि नेपाल र उज्बेकिस्तान खेल्दै

 पुस १३, २०७८ मंगलबार ८:०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसियन सिनियर सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधिका लागि आज नेपाल र उज्बेकिस्तान खेल्दैछन् ।

बङ्गलादेशको ढाकामा नेपाल र उज्बेकिस्तानबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपालकाे महिला टाेली प्रतियोगिताको साविक विजेता हो । ६ देश सहभागी प्रतियोगितामा नेपाली महिला भलिबल टाेली अपराजित छ ।

नेपाली महिला टाेली शीर्ष स्थानमा र उज्बेकिस्तान दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

महिलातर्फको तेस्रो स्थानका लागि श्रीलङ्का र किर्गिस्तान खेल्दैछन् ।

नेपालकाे पुरुष भलिबल टाेलीले भने तेस्रो स्थानका लागि उज्बेकिस्तानसँग खेल्नेछ ।

नेपाल र उज्बेकिस्तानबीचको खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ ५ देश सहभागी छन् । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया