पहाडी भेगका एक, दुई ठाउँमा सामान्य वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल कुवेतसँग एक विकेटले पराजित भएको छ । नेपालले कुवेतलाई जितका लागि दुई सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । कुवेतले नाै विकेट गुमाएर सात बल बाँकी छँदै लक्ष्य पूरा गर्याे ।
कुवेतको जितमा कप्तान मीत भावसर 'हिराे' बने । भावसर एक्लैले नटआउट एक सय ७५ रन बनाए । ओपनिङ ब्याटरका रूपमा मैदान प्रवेश गरेका उनी अन्तिम समयसम्म क्रिजमा टिकिरहे । भावसरलाई आउट गर्न असफल रहेपछि नेपाल प्रतियोगितामा जितविहीन बन्न पुग्यो । बलिङतर्फ नेपालका गुल्सन झाले तीन तथा विवेक यादव, शेर मल्ल र बसिर अहमदले दुई/दुई विकेट लिए ।
यसअघि यूएईको दुबईमा रहेकाे आईसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर दुई सय ३९ रन बनायो । नेपालका बसिर अहमदले सर्वाधिक ५६ रनको योगदान दिए । यस्तै विवेक मगरले ५०, मोहमद आदिल आलमले ४९, शेर मल्लले २१, दिपेश कँडेलले १५ र अर्जुन साउदले १० रन बनाए ।
बलिङतर्फ कुवेतका मिर्जा अहमद र अब्दुल सदिकले तीन/तीन तथा हेनरी थोमस र मोहमद बास्तकीले दुई/दुई विकेट लिए ।
कुवेतसँगको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यसअघिका खेलमा नेपाल बङ्गलादेश र श्रीलङ्कासित पराजित भएको थियो । आजको खेलमा विजयी भए पनि कुवेत पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ । उसले यसअघिका दुई खेलमा पराजय बेहोरेको थियो । नेपाल रहेको समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् भने अफगानिस्तान र यूएई बाहिरिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।