प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक

 भदौ २४, २०७५ आइतबार १९:०:२६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – गएको भदौ १८ गते  सन्धिखर्क नगरपालिका–१२, बस्यालटोलामा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित हत्यामा संलग्न भएको आरोपमा तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । 

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर –७, धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको हत्या गरेर फाल्ने उनकै श्रीमती राधा बस्याल, राधाका प्रेमी रुकुम बाफीकोटका रमेश विक र राधाकी आमा बसुन्धरा बस्याललाई प्रहरीले सार्वजनिक गरेको हो । 

घटनाका अभियुक्त रमेश विक र राधा घर्तीबीच ८ वर्षदेखिको प्रेम रहेको र विवाह गरी घरजम गर्ने उद्धेश्यका साथ नियोजित ढंगबाट धनबहादुरको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । 

याे पनि पढ्नुहाेस् 

प्रेमीसँग मिलेर श्रीमतीले नै गरिन् श्रीमानको हत्या

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया