आईपीएल क्रिकेटमा आज हैदराबाद र लखनउ खेल्दै

 बैशाख २६, २०८१ बुधबार १०:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट खेल्दैछन् । हैदराबाद हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । हैदराबाद ११ खेलमा १२ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । लखनउ पनि समान ११ खेलमा १२ अङ्कसहित छौठौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले हरायो । जितसँगै १२ खेलमा १२ अङ्कसहित दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १६ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । पहिलो स्थानमा रहेको कोलकाताको पनि १६ अङ्क नै छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया