रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न ग...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रस्तावमाथि विभिन्न समूहका टोली नेताहरूले निष्कर्ष सुनाउँदैछन् ।
काठमाण्डौको प्रज्ञा भवन कमलादीमा भइरहको बन्द सत्रमा विभिन्न २५ वटा समूहका टोली नेताहरूले आ–आफ्नो समूहले छलफलपछि निकालेको निष्कर्ष सुनाइरहेका छन् । अहिलेसम्म सात वटा टोली नेताहरूले निष्कर्ष सुनाएका बन्द सत्रमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
बन्द सत्र सञ्चालनका लागि तय गरिएको अध्यक्ष मण्डलले टोली नेतालाई आफ्नो समूहको धारणा राख्नका लागि १५ मिनेटको समय प्रदान गरेको केन्द्रीय प्रचार समितिले जानकारी दिएको छ ।
हिजो मङ्गलवार बिहानदेखि आज बुधवार दिउँसो १२ बजेसम्म २५ वटा समूहलाई छलफलको समय छुट्याइएको थियो । प्रचण्डले गएकाे १२ गते बन्द सत्रमा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक राजनीतिक प्रतिवेशन पेस गर्नुभएको थियो ।
प्रचण्डकाे प्रतिवेदनमाथि नेता राम कार्कीले पूरक प्रस्ताव पेस गर्नुभएको छ । सुझावसहित प्रचण्डको प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।