बिग बाश लिगमा होबार्टले मेलबर्नलाई हरायो, सन्दीपले लिए ३ विकेट

 पुस १४, २०७८ बुधबार १७:२२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाकाे टी–२० क्रिकेट लिग बिग बाशमा नेपालका सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्सले मेलबर्न रेनेगेड्सलाई ८५ रनले हराएको छ । 

आज बुधवार भएकाे खेलमा होबार्टले दिएको दुई सय सात रनको लक्ष्य पछ्याएको मेलबर्न १५ ओभर पाँच बलमा एक सय २१ रन बनाउँदा अलआउट भयो । होबार्टका लागि सन्दीप लामिछानेले तीन ओभर पाँच बलमा ३२ रन दिएर तीन विकेट लिए । यसअघिका तीन खेलमा सन्दीप विकेटविहिन थिए । यस्तै थाेमस राेजर्सले तीन विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको होबार्टले पाँच विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । उसका लागि बेन म्याकडर्मटले एक सय २७ रन बनाए । यस्तै टिम डेभिडले नौ बलमा ३० रन बनाए । मेलबर्नका लागि रिसे टाेपलेले दुई विकेट लिए ।

याे जितसँगै होबार्ट सात खेलमा १७ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया