इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हरायो, चेल्सी र ब्राइटनको बराबरी

 पुस १५, २०७८ बिहिबार ६:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ ।

आज बिहान भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो ।

सिटीका फिल फोडेनले खेलको १६ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । सिटी अङ्कतालिकाको शीर्षस्थानमा कायमै छ । उसको २० खेलमा ५० अङ्क छ ।

अर्को खेलमा चेल्सी र ब्राइटनले बराबरी खेलेका छन् ।

चेल्सी र ब्राइटनले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । चेल्सीले खेलको २८औँ मिनेटमा रोमेलु लुकाकुको गोलबाट अग्रता बनाएको थियो तर अन्तिममा जोगाउन नसक्दा खेल बराबरी भयो । अङ्क तालिकामा दोस्रो स्थानमा रहेको चेल्सीको २० खेलमा ४२ अङ्क छ ।

शीर्ष स्थानको सिटी चेल्सीभन्दा ८ अङ्कले अगाडि छ । 
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया