मौसममा सुधार हुँदै, जाडो भने बढ्ने

 पुस १५, २०७८ बिहिबार ७:३४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । तर, आजदेखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि  मौसममा सुधार आउने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

उहाँकाअनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका केही ठाउँमा घाम लाग्ने छ । तर पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना भने रहेको उहाँले बताउनुभयो ।

यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ । यसैबीच, काठमाण्डौको अधिकतम तापक्रम हिजो एकैदिन सात डिग्री सेल्सियसले घटेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम हिजो ८ दशमलव १ डिग्री सेल्सियसमा झरेको थियो । अस्ति १५ दशमलव २ डिग्री सेल्सियस थियो ।

आज भने दिउँसाे घाम लाग्ने सम्भावना रहेकाले अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । यस्तै, आज काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया