उपाधि विजेता महिला भलिबल टोली स्वदेश फर्कियाे

 पुस १५, २०७८ बिहिबार १४:३३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको उपाधि विजेता नेपाली महिला टोली आज बिहीवार स्वदेश फर्किएकाे छ । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । त्रिभुवन विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।

गएकाे मङ्गलवार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै विजेता बनेकाे थियो । बङ्गलादेशको मिरपुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराएकाे थियाे । 

यस प्रतियोगितामा नेपाली महिला टाेली लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा बङ्गलादेशमै भएको खेलमा नेपालले माल्दिभ्सलाई तीन–शून्यको सोझो सेटमा पराजित गर्दै उपाधि जितेकाे थियाे । 

त्यस्तै पुरुषतर्फकाे खेलमा भने नेपाल चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग नेपाल तीन–शून्यकाे साेझाे सेटमा पराजित भएसँगै चौथो स्थानमा रहेको हो । पुरुष टोली पनि आजै स्वदेश फर्किएकाे छ ।

सरकारले यस प्रतियाेगितामा च्याम्पियन टोलीका १२ सदस्यीय खेलाडीलाई जनही पाँच लाख तथा दुई प्रशिक्षकलाई जनही तीन लाख रुपैयाँ दिने निर्णयसमेत गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया