दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट भारतले जित्यो, सेन्चुरियनमा पहिलाे जित

 पुष १५, २०७८ बिहीबार १८:४०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेट भारतले एक सय १३ रनले जितेको छ । सेन्चुरियनमा भारतले दिएको तीन सय पाँच रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका एक सय ९१ रन बनाउँदा अलआउट भयो । उसका लागि डिन इल्गरले सर्वाधिक ७७ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराह र मोहम्मद शमीले तीन/तीन तथा मोहम्मद सिराज र रविचन्द्रन अश्विनले दुई/दुई विकेट लिए ।

यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलाे पारीमा तीन सय २७ रन बनाएकाे थियाे । उसका लागि केएल राहुलले एक सय २७, मयंक अग्रवालले ६०, अजिन्क्या रहाणेले ४८ र विराट काेहलीले ३५ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एन्गिडीले ६ र कागिसाे रबाडाले तीन विकेट लिए । 

त्यसपछि पहिलाे पारीकाे ब्याटिङ गरेकाे दक्षिण अफ्रिका मात्र एक सय ९७ रनमा समेटियाे । उसका तेम्बा बाबुमाले ५२ र डिककाले ३४ रन बनाए । बलिङतर्फ भारतका माेहम्मद शमीले पाँच विकेट लिए तथा जसप्रीत बुमराह र शार्दूल ठाकुरले दुई/दुई विकेट लिए । 

यसरी भारतले पहिलाे पारीकाे आधारमा एक सय ३० रनकाे अग्रता लिएकाे थियाे । 

दाेस्राे पारीमा भारतकाे टिम पनि मात्र एक सय ७४ रनमा समेटियाे । उसका लागि ऋषभ पन्तले ३४ र केएल राहुलले २३ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका कागि कागिसाे रबाडा र मार्काे जेनसनले समान चारचार विकेट लिए ।  

सेन्चुरियनमा भारतकाे याे पहिलाे टेस्ट जित हाे । जितसँगै तीन खेलको शृङ्खलामा भारतले एक–शून्यको अग्रता बनाएको छ । तीन टेस्ट र तीन वटा एकदिवसियको शृङ्खला खेल्न भारत दक्षिण अफ्रिकाको भ्रमणमा रहेको छ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया