इङ्ग्लिस प्रिमियर लिग : बर्नलीलाई हराउँदै म्यानचेस्टर युनाइटेड शीर्ष ६ मा

 पुस १६, २०७८ शुक्रबार ७:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति भएको खेलमा बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड अङ्क तालिकाको शीर्ष ६ मा पुगेको छ ।

म्यानचेस्टर युनाइटेडले पहिलो हाफ अघि नै तीन गोल गर्यो । खेलको आठौँ मिनेटमा एमसी टोमिनीले गोल गर्दै अग्रता दिलाए ।

यस्तै, २७औँ मिनेटमा म्यानचेस्टर युनाइटेडले आत्मघाती गोलमार्फत अग्रता दोब्बर बनायो भने खेलको ३५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

बर्नलीका लागि आरोन लेननले खेलको ३८औँ मिनेटमा गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेड ३१ अङ्कसहित छैटाैँ स्थानमा छ भने ११ अङ्क रहेको बर्नली अङ्क तालिकामा १८औँ स्थानमा छ ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया