आज किराँत इतिहासकार इमानसिं चेम्जोङको ११९औँ जन्मजयन्ती मनाइँदै

 पुस १७, २०७८ शनिबार ११:५६:४९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर– आज किराँत इतिहासकार इमानसिं चेम्जोङको १ सय १९ औँ जन्मजयन्ती मनाइँदैछ ।

इमानसिं चेम्जोङ किराँत भाषाका विशेषज्ञ र किराँत इतिहासकारका धरोहर हुनुहुन्छ ।

इतिहासकार चेम्जोङको जन्मजयन्तीको अवसरमा पूर्वी पहाडी जिल्ला पाँचथरसँगै ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, झापा साथै उपत्यकाका विभिन्न ठाउँमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

आज पठनपाठनमा आएको किराँत भाषा र लिपिको विकास एवम् विस्तारमा उहाँको अतुलनीय योगदान रहेको पाइन्छ । उहाँको तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी नेपाल सरकारले राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ । साथै नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा १० को नेपाली किताबमा इमानसिंह चेम्जोङको जीवनी छापिएको छ।

किराँत इतिहासकार तथा किराँत सिरिजङ्घा लीपि र भाषा–साहित्यका प्रचारक इमानसिंको जन्म बाबु मेघवरसिं र आमा दावापुहाङमाको छैटाैँ सन्तानको रुपमा १ जनवरी सन् १९०४ मा दार्जिलिङको कालेम्पुङमा भएको थियो ।

उहाँको निधन ७१ वर्षको उमेरमा २०३३ साल असोज २२ गते भएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया