माओवादी महाधिवेशन : विधान मस्यौदा सर्वसम्मतिले पारित

 पुस १७, २०७८ शनिबार १४:१४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट विधान मस्यौदा अनुमोदन भएको छ । माओवादीका स्थायी कमिटी सदस्य तथा विधान मस्यौदा समितिका प्रमुख देव गुरुङले बन्द सत्रमा पेश गर्नुभएको विधान मस्यौदा सर्वसम्मतिले पारित भएको हो ।

पारित भएको मस्यौदा अनुसार नेकपा माओवादी केन्द्रमा १५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्य रहनेछन् । पदाधिकारीमा  एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई  जना उप-महासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ । पदाधिकारी र केन्द्रीय सदस्य समावेशी आधारमा चयन हुने विधानमा उल्लेख छ ।

केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गर्ने व्यवस्था छ । विधान मस्यौदा पारित भएकाले अब पदाधिकारी र केन्द्रीय सदस्य चयन प्रक्रिया सुरु हुनेछ । ११ गते सुरु भएको महाधिवेशन हिजो नै सक्ने कार्यतालिका रहे पनि लम्बिएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया