धनुषाकाे गाेदार चाेक तनावग्रस्त, प्रहरीले रबरकाे गाेली र अश्रु ग्यास प्रहार गर्‍याे

 पुस १८, २०७८ आइतबार १५:३८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ गाेदारमा राजमार्ग बन्द गरी बसेका डा. सीके राउत नेतृत्वकाे जनमत पार्टी नेपालका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

आज आइतवार बिहानैदेखि सडक बन्द गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले ११ राउन्ड रबरको गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

केही समय प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडपसमेत भएको थियाे । झडपका क्रममा नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका एक र पाँच जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरधामा उपचार चलिरहेको छ ।

बिहानैदेखि बन्द रहेको पूर्व–पश्चिम राजमार्ग भने अहिले सञ्चालनमा आएको छ । अहिले त्यस क्षेत्रकाे सुरक्षा व्यवस्था कडा पारिएको छ । किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै जनमत पार्टीले गएको पुस १५ गतेदेखि मधेशका जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया