स्वास्थ्य मन्त्रालयको परिपत्र : कोरोना सङ्क्रमण फैलन नदिन पूर्वतयारी र सतर्कता बढाउनू

 पुस १८, २०७८ आइतबार १६:२१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' थप फैलन नदिनका लागि आवश्यक पूर्वतयारीका साथै सतर्कता अपनाउन आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आइतवार सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र पालिकालाई परिपत्र गर्दै ओमिक्रोन थप फैलन नदिन थप सावधानी अपनाउन निर्देशन दिएको हो । 

मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाइ परीक्षणकाे दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकामा 'प्रोटोकल' अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायतका निर्देशन दिएको छ । 

यस्तै भाइरसका नयाँ–नयाँ भेरियन्ट आउन सक्ने सम्भावना कायमै रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न तथा भिडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया