न्युजिल्याण्डमाथि बंगलादेशको ‘ऐतिहासिक’ जित

 पुष २१, २०७८ बुधबार ७:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर भेटायो ।

पहिलो पारीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि न्युजिल्याण्डले जम्मा एक सय ६९ रन मात्रै बनाउन सक्यो  । उसका विल योङले ६९ रन बनाए । बंगलादेशका लागि इबदुत हसिनले ६ तथा तस्कीन अहमदले तीन विकेट लिए । दुई वटा टेष्टको श्रृङ्खला खेल्न बंगलादेश न्युजिल्याण्ड भ्रमणमा छ ।

घरेलु मैदानमा १७ खेलमा अपराजित रहेको विश्व टेष्ट च्याम्पियन न्युजिल्याण्डलाई हराएर बंगलादेशले ऐतिहासिक सफलता हात पारेको हो । बंगलादेशले टेष्ट क्रिकेटमा न्युजिल्याण्डलाई हराएको यो पहिलोपटक  हो । यस्तै, बंगलादेशले न्युजिल्याण्डमा भएका कुनै पनि फर्म्याटका खेल अहिलेसम्म जित्न सकेको थिएन ।  यो नै न्युजिल्याण्डमा बंगलादेशको पहिलो जित हो ।
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया