बीबीएल क्रिकेटमा सन्दीप आबद्ध टोली होबार्ट पराजित

 पुष २१, २०७८ बुधबार १७:५४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाकाे बिग बाश लिग (बीबीएल) टी–२० क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्स पराजित भएको छ ।

आज बुधवार भएको खेलमा होबार्टले एडिलेड स्ट्राइकर्ससँग सात विकेटले हार बेहाेरेकाे हाे । होबार्टले दिएको एक सय २७ रनको लक्ष्य एडिलेडले १५ ओभर १ बलमा तीन विकेट गुमाएर भेट्टायो । एडिलेडका लागि म्याथ्यु शर्टले नटआउट ७७ रन बनाए । होबार्टका लागि सन्दीपले चार ओभर बलिङ गरी २२ रन खर्चिएर दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको होबार्टले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय २६ रन जोडेको थियो । हाेबार्टका लागि डार्सी शर्टले ३२ र टिम डेभिडले २८ रन बनाए । एडिलेडका पिटर सिडेलले पाँच र राशिद खानले दुई विकेट लिए ।

आजको खेलमा पराजित होबार्टको नाै खेलमा १७ अङ्कसहित तालिकाकाे चौथो स्थानमा छ । एडिलेड १२ अङ्कका साथ छैटौँ स्थानमा छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया