काराबाओ कप : लिभरपुल र आर्सनलबीचको खेल स्थगित

 पुस २२, २०७८ बिहिबार ८:२५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काराबाओ कप फुटबल अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल स्थगित भएको छ ।

कोभिड–१९ सङ्क्रमणको कारण लिभरपुल र आर्सनलबीचको सेमिफाइनलको पहिलो लेग खेल स्थगित भएको हो ।

पहिलो लेग आज राति आर्सनलको मैदानमा हुने तय थियो । तर, लिभरपुलका खेलाडीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि खेल स्थगित भएको इङ्ग्लिस फुटबल लिग (ईएफएल) ले जनाएको छ ।

पछिल्लोपटक सहायक प्रशिक्षक पेप लिन्डर्सलाई कोरोना पुष्टि भएपछि लिभरपुलले खेल स्थगित गर्न आग्रह गरेको थियो । अब पहिलो लेग जनवरी १३ मा एनफिल्डमा तथा दोस्रो लेग जनवरी २० मा इमिरेट्समा हुनेछ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया