आज चार वटा प्रदेशमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना

 पुस २४, २०७८ शनिबार ७:५९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज चार वटा प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । मेघगर्जन/चटयाङ्गसहित हल्का वर्षा भए पनि यसअघिको जस्तो ठूलो पानी भने नपर्ने मौसमविद्को भनाइ छ ।

अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । अरु बाँकी प्रदेश-१, दुई र वाग्मती प्रदेशमा भने मौसम बद्ली रहने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । यी तीन वटा प्रदेशको हिमाली र उच्च पहाडी क्षेत्रमा भने हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

पर्सिदेखि भने मौसम सुधार हुने र घाम लाग्ने मौसमविद् सापकोटाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया