‘ए’ डिभिजन लिगमा आज थ्री स्टार र हिमालयन शेर्पा खेल्दै

 पुस २५, २०७८ आइतबार ८:४३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा खेल हुँदैछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे थ्री स्टार र हिमालयन शेर्पा क्लब खेल्दैछन् ।

थ्री स्टार ७ खेलमा १० अङ्क जोडेर अङ्क तालिकाको छैटौँ स्थानमा छ । समान खेलमा हिमालयन शेर्पा ११ अङ्कका साथ पाँचौँ स्थानमा छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया