पहाडी भेगका एक, दुई ठाउँमा सामान्य वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – एशेज शृङ्खलाको चौथो टेस्ट क्रिकेट रोमाञ्चक बराबरीमा सकिएको छ । सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको तीन सय ८८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले अन्तिम दिनको खेल सकिँदा नौ विकेट गुमाएर दुई सय ७० रनमात्रै बनायो ।
खेल सकिन तीन ओभर बाँकी रहँदा अस्ट्रेलियाका स्टिभ स्मिथले इङ्ल्यान्डको नवौँ विकेट लिएपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर बाँकी दुई ओभरमा अस्ट्रेलियाले एक विकेट लिन नसकेपछि खेल बराबरीमा सकियो ।
तेस्रो टेस्टमा शतक प्रहार गरेका अस्ट्रेलियाका उसमान ख्वाजाले चौथो टेस्टमा पनि शतक प्रहार गर्न सफल भए । पाँच खेलको शृङ्खला अस्ट्रेलियाले यसअघि नै तीन–शून्य ले जितिसकेको छ ।
अब यी दुईबीचकाे पाँचाैँ तथा अन्तिम टेस्ट जनवरी १४ देखि हाेबार्टमा सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।