भारतमा पछिल्लो २४ घण्टामा झण्डै एक लाख ८० हजार जनामा कोरोना पुष्टि

 पुस २६, २०७८ सोमबार ११:५२:३६ | एजेन्सी
unn.prixa.net

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७९ हजार ७ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तेस्रो लहरमा सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस्तै पछिल्लो २४ घण्टामा एक सय  ४६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ ।

भारतमा अहिले सात  लाख २३ हजार ६ सय १९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

 पछिल्लो २४ घण्टामा भारतको सङ्घीय राजधानी रहेको दिल्लीमा तीन सय जनाभन्दा बढी प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा दोस्रो लहर सुरु हुँदा ५६ दिनपछि मात्र दैनिक सङ्क्रमित सङ्ख्या एक लाख पार गरेको थियो । तेस्रो लहरमा भने सुरु भएको १० दिनमै सङ्क्रमित सङ्ख्या एक लाख नाघिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया