एकै पारीमा १० विकेट लिने एजाज पटेल बने महिनाकै उत्कृष्ट क्रिकेटर

 पुष २६, २०७८ सोमबार १६:४१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले न्युजिल्यान्डका एजाज पटेललाई डिसेम्बर महिनाकाे सर्वश्रेष्ठ पुरुष क्रिकेटर चुनेकाे छ । एजाज पटेलले डिसेम्बरमा मुम्बईमा भारतसँगकाे टेस्ट क्रिकेटमा इतिहास रचेका थिए । 

उनले भारतकाे एक पारीमा सबै १० विकेट लिएका थिए । जिमल लेकर र अनिल कुम्बलेपछि एजाज यस्ताे इतिहास रच्ने विश्वकाे तेस्राे बलर थिए । 

बायाँ हाते स्पिनर एजाजले डिसेम्बर महिनामा मात्र एक टेस्ट क्रिकेट खेलेका थिए र उनले १६ दशमलव ०७ काे औसतमा १४ विकेट लिएका थिए । मुम्बई टेस्टमा एजाज पटेलले भारतकाे पहिलाे पारीमा सबै १० विकेट लिँदा दाेस्राे पारीमा चार विकेट हात पारेका थिए । 

एजाज पटेलले मुम्बई टेस्टमा दुई सय २५ रन दिएर १४ विकेट लिएका थिए । याे सन् २०२१ मा खेलिएकाे टेस्ट क्रिकेटमा सबैभन्दा राम्राे प्रदर्शन थियाे । यद्यपि एजाज पटेलकाे यस प्रदर्शनकाे बाबजुद न्युजिल्यान्डले याे टेस्ट हारेकाे थियाे । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया