रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न ग...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गर्ने तयारीपछि खोप केन्द्रमा भिड बढ्न थालेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को हिजो आइतवार बसेको बैठकले आउँदो माघ ३ गतेदेखि सार्वजनिक ठाउँहरू– सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा खोप लगाएको कार्ड देखाउनुपर्ने सरकारलाई सिफारिस गरेपछि खोप लगाउनेको भिड बढेको हो ।
सीसीएमसीसीले गृह मन्त्रालयलाई खोप कार्ड देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज साेमवार बिहानैदेखि काठमाण्डौ उपत्यकाका विभिन्न खोप केन्द्रमा खोप लगाउनेको भिड देखिएको छ । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सिभिल अस्पताल बानेश्वर लगायतका ठाउँमा मानिसको भिड बढेको हो । खोप लगाउन तीन घण्टासम्म लाइन बस्नुपरेको उनीहरूले बताएका छन् । सरकारले कोभिशिल्ड, भेरोसेल र जोनसन एन्ड जोनसन खोप दिँदै आएको छ ।
यसैबीच हिजोदेखि नै काठमाण्डौ उपत्यकाका तीन वटा जिल्ला र काभ्रेमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थाले पनि केही पालिकामा भोलि मङ्गलवारदेखि मात्रै खोप लगाउन सुरु हुने भएको छ ।
काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रेमा बालबालिकालाई हिजोदेखि खोप लगाउन थालिएको छ । तर कतिपय ठाउँमा खोप लगाउन सुरु गरिएको छैन । १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।