इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले ब्रेन्टफोर्डलाई ४–१ गोलले हरायो

 पुस २८, २०७८ बुधबार ७:२४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले ब्रेन्टफोर्डलाई हराएको छ । आज बिहान घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनले ब्रेन्टफोर्डलाई ४–१ गोलले हराएको हो ।

साउथह्याम्टनका जान बेडनारेक, अर्मान्डो ब्रोजा र चे एडम्सले समान एक/एक गोल गरे । उसले एक गोल आत्मघाती उपहार पायो । ब्रेन्टफोर्डका अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरेका हुन् । ब्रेन्टफोर्डका लागि विटाली जेनेल्टले एक गोल फर्काए ।

जितसँगै साउथह्याम्टनको २० खेलमा २४ अंक भएको छ । साउथह्याम्टन अंकतालिकामा ११ औँ स्थानमा छ । समान खेलमा ब्रेन्टफोर्डको २३ अंक छ । ब्रेनफोर्ट १३ औँ स्थानमा रहेको छ । प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड २१ खेलमा ५३ अंकका साथ शीर्ष स्थानमा छ । 

अन्तिम अपडेट: पुस २८, २०७८

तपाईको प्रतिक्रिया