पहाडी भेगका एक, दुई ठाउँमा सामान्य वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - भारतले दक्षिण अफ्रिकासँगको तेस्रो तथा निर्णायक टेस्ट क्रिकेटमा ७० रनको अग्रता बनाएको छ । तीव्र गतिका बलर जस्प्रित बुमराहको उत्कृष्ट बलिङमा भारतले दोस्रो दिनको समाप्तिमा दुई विकेट गुमाएर ५७ रन जोडेको छ ।
भारतका कप्तान विराट कोहली १४ र चेतेश्वर पुजारा ९ रनमा अविजित छन् । पहिलो पारीमा भारतले १३ रनको सामान्य अग्रता लिएको थियो । मयंक अग्रवाल ७ रनमा र लोकेश राहुल १० रनमा आउट भए । घरेल टोली दक्षिण अफ्रिका पहिलो पारीमा २ सय १० रनमा अलआउट भएपछि १३ रनले पछि परेको थियो ।
दक्षिण अफ्रिकाका किगन पिटरसनले ७२ रनको योगदान दिए । अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । त्यसअघि पहिलो दिन केप टाउनमा टस जितेर पहिला ब्याटिङ गरेको भारत पहिलो दिन नै २ सय २३ रनमा अलआउट भएको थियो ।
तीन टेस्टको श्रृङ्खला १–१ को बराबरीमा छ । पहिलो खेलमा भारत १ सय १३ रनले विजयी हुँदा दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।