इङ्ग्लिस प्रिमियर लिगमा वेस्टह्यामले नर्विच सिटीलाई हरायो

 पुस २९, २०७८ बिहिबार ६:५७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा वेस्टह्यामले नर्विच सिटीलाई हराएको छ ।

आज बिहान भएको खेलमा वेस्टह्यामले नर्विचलाई २–० गोलले पराजित गरेको हो ।

वेस्टह्यामका लागि दुई वटै गोल जारोड बोवेनले गरे । उनले खेलको ४२ औँ र ८३ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै वेस्टह्यामको २१ खेलमा ३७ अङ्क भएको छ । वेस्टह्याम अङ्कतालिकाको चौथो स्थानमा छ । २० खेलमा १० अङ्क रहेको नर्विच सिटी पुछारमा छ ।

प्रिमियर लिगमा म्यानचेस्टर सिटी २१ खेलमा ५३ अङ्कका साथ शीर्षस्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया