प्रधानमन्त्री कप क्रिकेटमा आज चार वटा खेल हुँदै

 पुस २९, २०७८ बिहिबार ८:३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा दुई र मूलपानी क्रिकेट मैदानमा दुईवटा खेल तय भएका छन् ।

त्रिवि मैदानमा हुने पहिलो खेलमा आज बिहान ९ बजे कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेलमा दिउँसो एक बजे प्रदेश-२ र लुम्बिनी खेल्दैछन् ।

मूलपानीमा मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे त्रिभुवन आर्मी क्लब र प्रदेश-१ तथा दोस्रो खेलमा एपीएफ र गण्डकी प्रदेश दिउँसो एक बजे खेल्दैछन् । प्रतियोगितामा सहभागी भएका १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश-१ तथा समूह ‘बी’ मा एपीएफ क्लब, प्रदेश-२, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया