ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
भक्तपुर – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा मतदाताको भावनाअनुसार आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी सभापतिमा सघाएको बताउनुभएको छ ।
आज बिहीवार भक्तपुरको सूर्यविनायकमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को आयोजनामा कार्यालयमा झन्डोत्तोलनपछि बोल्दै उहाँले पहिलो चरणको चुनावमा मतदाताको भावनाअनुसार देउवालाई सभापतिमा सघाएको बताउनुभएको हो ।
नेता सिंहले भन्नुभयो, ‘मैले केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ, पार्टी विधिसम्मत र संस्थागत रूपमा चल्नुपर्छ भन्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको हुँ तर मतदाताले मैले अघि सारेको एजेन्डालाई सर्वाधिक मत दिनु भएन, मतदाताले नेतृत्व परिवर्ततको चाहना नराखेको पाइयो, त्यसपछि सर्वाधिक मतदाताको भावनाअनुसार मैले प्रधानमन्त्री देउवालाई सभापतिमा सहयोग गरेको हुँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।