इलामकाे सुकिलुम्बा विमानस्थल फागुन ८ गतेदेखि सञ्चालनमा आउने

 माघ ३, २०७८ सोमबार ९:५:५६ | रासस
unn.prixa.net

फाइल तस्बिर

इलाम - इलामकाे सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ ।

यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।  आउँदाे फागुन ८ गतेदेखि प्रत्येक आइतवार उडान–अवतरण हुने निश्चित भएको हो।  

नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु अट्ने सिट क्षमताको जहाज एकतर्फी भाडा आठ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाकाे आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । 

नगरपालिकाले एकतर्फ भाडा तिरे दुईतर्फकै उड्नका लागि सहुलियत दिएको छ । नगर प्रमुख महेश बस्नेतले आठ हजार ७०० रुपैयाँमा टिकट काटिएपछि आउने–जाने दुवैतर्फी टिकट यात्रुले पाउने जानकारी दिनुभयो । अहिले तीन हप्ताका लागि सम्झौता भएको छ । कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको हाे ।

सम्झौताअनुसार यस अवधिमा इन्धनको मूल्य फरक परेमा त्यहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । गएकाे चैत अन्तिम हप्ता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पनि उडान–अवतरणका लागि विमानस्थल तयार भइसकेको छ ।

विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चाैडाइको धावनमार्ग कालोपत्रे भएको छ ।  विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ । २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो ।

विमानस्थल सञ्चालनपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ सिक्किमलगायतका बासिन्दालाई सुविधा हुनेछ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया