पीएम कपमा आज सेमिफाइनलका खेल हुँदै : पुलिस र वाग्मती तथा एपीएफ र आर्मी खेल्ने

 माघ ४, २०७८ मंगलबार ८:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदैछन् ।

त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान ९ बजे नेपाल पुलिस क्लब र वाग्मती प्रदेश खेल्ने छन् ।

पुलिस समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । वाग्मती भने समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

यस्तै, आजै दिउँसो १ बजे हुने अर्को खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने छन् ।

एपीएफ समूह 'बी' को विजेता बन्दै र आर्मी समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

यो खेल पनि त्रिवि मैदान कीर्तिपुरमै हुने छ । यसैबीच, प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उप-जेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया