नेपाली राष्ट्रिय फुटबल टोलीकाे प्रशिक्षण आजदेखि

 माघ ४, २०७८ मंगलबार ८:४४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण थल्ने भएको छ । 

अफ्रिकी देश मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु हुन लागेको हो। 

प्रशिक्षणका लागि सबै खेलाडी एन्फा कम्प्लेक्स सातदोबाटोको होस्टलमा छन् ।

नेपालले आउँदो १५ र १८ गते दशरथ रङ्गशालामा मौरिसससँग खेल्दैछ ।

अफ्रिकी देशसँग नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै खेलका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया