वाग्मतीलाई हराउँदै पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

 माघ ४, २०७८ मंगलबार १३:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटमा पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदानमा आज भएको पहिलो सेमिफाइनलमा पुलिसले वागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा पुगेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रन बनायो । पुलिसका पवन सरार्फले सर्वाधिक ५९ रनको अर्धशतकिय पारी खेले । बागमतीका रिजन ढकाल र नन्दन यादवले समान दुई तथा प्रतिश जिसीले एक विकेट लिए । १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन मात्रै बनायो ।

वाग्मतीका ओपनर आदिल खानले सर्वाधिक २७ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । पुलिसका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए । सागर ढकालले २ र आरिफ शेखले १ विकेट लिए । दोस्रो सेमिफाइनलमा त्रिवि मैदानमा अहिले त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेलिरहेका छन् । फाइनल भोलि हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया