काठमाण्डौ उपत्यकामा स्मार्ट लकडाउन : सार्वजनिक गाडीमा चढ्न अनिवार्य मास्क (आदेश सहित)

 माघ ४, २०७८ मंगलबार १५:२२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आजदेखि काठमाण्डौ उपत्यका भित्र सार्वजनिक गाडीमा चढ्न मास्क अनिवार्य गरेको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका अनुसार सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन् । सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ । 

यस्तै काठमाण्डाै प्रशासनले जारी गरेको आदेशमा  माघ ७ गतेदेखि भौतिक रुपमा उपस्थित हुनै पर्ने भएमा स्वास्थ्य मापदण्डको पालना गरी २५ जना भन्दा बढी नहुने गरी खोप लगाएकाहरुलाई मात्रै उपस्थित गराउने उल्लेख छ । 

डान्सबार, सिनेमा हल, रोधीघर, फुटसल, पटके हाटबजार लगायत मानिस भिडभाड हुने क्षेत्र पनि माघ १५ गतेसम्म बन्द गर्ने आदेशमा उल्लेख छ ।

विस्तृतमा थाहा पाउन तलको आदेश पढ्नुहोस् :

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया