पीएम कपको फाइनल खेल आज, उपाधिका लागि एपीएफ र पुलिस क्लब खेल्दै

 माघ ५, २०७८ बुधबार ९:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप टी-२० क्रिकेटमा आज फाइनल खेल हुँदैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान १० बजे हुनेछ ।

प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र पुलिस क्लब खेल्दैछन् ।

एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा पुगेको हो । पुलिसले भने पहिलो सेमिफाइनलमा वाग्मती प्रदेशलाई हराएको थियो ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उप–विजेताले तीन लाख रुपैयाँ पाउनेछन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया