आहा रारा गोल्डकप आजदेखि सुरु : उद्घाटन खेलमा सहारा र एपीएफ खेल्दै

 माघ ६, २०७८ बिहिबार १४:३८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरु भएको छ । उद्घाटन खेलमा अहिले पोखरा रंगशालामा आयोजक सहारा क्लब र विभागीय टोली एपीएफ क्लब खेलिरहेका छन् ।

प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री स्टार, मनाङ मर्स्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा र बीवाईएसी मिनेसोटा यूएसए सहभागी छन् ।

मोफसलको प्रतिष्ठित प्रतियोगिताको यो २० औँ संस्करण हो । तर यसपाली कोरोना सङक्रमण जोखिमका कारण दर्शकलाई अनुमति छैन । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेता टिमले ५ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।  
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया