सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – काेराेनाको तेस्रो लहरको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले पालिकासँग समन्वय नगरेको काठमाण्डौ महानगरपालिकाले आरोप लगाएको छ ।
काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोराेनाकाे तेस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि सरकार तथा जिल्ला प्रशासनले पालिकासँग कुनै प्रकारको समन्वय नगरेको बताउनुभएको हो । सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी पालिकाको भए पनि सरकारले पछिल्लो समय कोराेनाको सन्दर्भमा गरेका कुनै पनि निर्णयमा महानगरको सल्लाह तथा सुझाव नलिएको उहाँले बताउनुभयो ।
काेराेनाको अघिल्ला लहरहरुमा सरकारी संयन्त्रले पालिकासँगको समन्वयमा मात्र हरेक निर्णयहरु गरेका कारण क्षति कम बेहोर्नुपरेको भन्दै पालिकासँग समन्वय गरेर अगाडि बढेमा क्षति कम हुने उहाँले उल्लेख गर्नुभयो ।
‘पहिले प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, विभागीय मन्त्रीहरुले हामीसँग सल्लाह गर्नुहुन्थ्यो । उपत्यका नगरपालिका फोरमको कहिले संयुक्त रुपमा बैठक बोलाउँथ्यौँ । धेरै कुरा हामीहरुसँग छलफल हुन्थ्यो । समस्या के हो ? त्यसको समाधान कसरी गर्ने भनेर माथिबाट निर्णय हुन्छ । निर्णय कार्यान्वयन गर्ने तलकाले नै हाे', उहाँले भन्नुभयाे, 'जिल्ला प्रशासन कार्यालय पनि हामीसँग सल्लाह गरेर हाम्रो सल्लाह अनुसार चल्थ्यो । अहिले समानान्तर रुपमा हिँडिराखेको हो कि जस्तो, स्थानीय तह, स्थानीय सरकार भनेको केही पनि होइन जस्तो गरेको अनुभूति भएको छ । हिजो जस्तो समन्वय भयो त्यस्तै समन्वय भयो भने हिजो भन्दा प्रभावकारी रुपमा हामी काम गर्न सक्छौँ ।'
उहाँले काेराेना विरुद्धको खोप दिन ढिलाइ भइरहेको भन्दै महानगरपालिकालाई खोपको जिम्मेवारी दिए सहज रुपमा सबैलाई खोप दिन सक्ने पनि बताउनुभयो । प्रमुख शाक्यले काठमाण्डौ उपत्यकामा काेराेनाको संक्रमण बढ्ने भएकाले उपत्यका भित्र, बाहिर हुने आवतजावतमा गृह प्रशासनले कडाइ गर्नुपर्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।