नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

 माघ ७, २०७८ शुक्रबार ११:२८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सुक्खा पहिरोका कारण रातिदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ ।

डोजरले पहिरो पन्छाएपछि सडक दुवैतर्फ खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख एसपी ओम अधिकारीका अनुसार बिहानदेखि रोकिएका गाडीको लामो लाइन भएका कारण यस सडक खण्डमा केहीबेर चाप रहनेछ ।

सहज रुपमा गाडी गुड्न करिब एक घण्टा लाग्ने उहाँले जानकारी दिनुभयो ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजे खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया