आईपीएल क्रिकेटको अक्सनका लागि नेपालका १५ जना खेलाडीको नाम दर्ता

 माघ ८, २०७८ शनिबार १४:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आउँदो अप्रिलदेखि सुरु हुने इन्डिन प्रिमियर लिग क्रिकेट आईपीएलको मेगा अक्सनको लागि नेपालका १५ जना खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएका थिए ।

जसमध्ये ८ सय ९६ भारतीय र ३ सय १८ भारत बाहिरका खेलाडीहरु रहेकाे आईपीएलले जनाएकाे छ । जसमा १५ जना नेपाली खेलाडी रहेका छन् । नाम दर्ता गराएका नेपाली खेलाडीको नाम उल्लेख छैन ।

नेपाल क्रिकेट संघ क्यानले पनि अहिले खेलाडीको नाम सार्वजनिक गर्न नमिल्ने जनाएको छ । आईपीएल खेल्नको लागि सबैभन्दा धेरै अष्ट्रेलियाबाट ५९ जना खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडी किनबेच अर्थात अक्सन आउँदो फेब्रुअरीमा हुनेछ । आईपीएलमा यसपटक लखनउ र अहमदावादका दुई टोली थपिएपछि क्लबको संख्या १० पुगेको छ । 

हेर्नुहाेस् अक्सनमा नाम दर्ता गराएका भारत बाहेकका खेलाडीहरुकाे देशगत सङ्ख्या :


 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया