आईपीएल क्रिकेट खेल्न नाम दर्ता गराएका नेपाली खेलाडीको नाम सार्वजनिक

 माघ ८, २०७८ शनिबार १९:४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को मेगा अक्सनको लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।

आईपीएल खेल्न नेपालका आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहाेरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका क्यानले जनाएको छ ।

नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएका र जसमा १५ जना नेपाली खेलाडी रहेको आईपीएलले जनाएको छ । आईपीएल खेल्नको लागि सबैभन्दा धेरै अस्ट्रेलियाबाट ५९ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

खेलाडी किनबेच अर्थात अक्सन आउँदो फेब्रुअरीमा हुनेछ । आईपीएलमा यसपटक लखनउ र अहमदाबादका दुई टोली थपिएपछि क्लबको सङ्ख्या १० पुगेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया