भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खलामा दक्षिण अफ्रिकाको 'क्लिन स्वीप'

 माघ १०, २०७८ सोमबार ६:४८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिकाले भारतसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खलामा क्लिन स्वीप गरेको छ ।

गएराति भएको अन्तिम तथा तेस्रो एक दिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले क्लिन स्वीप गरेको हो । घरेलु टोली दक्षिण अफ्रिकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ८३ रनमा समेटियो ।

भारतका लागि विराट कोहली, शिखर धवन र दीपक चाहरले अर्धशतकीय पारी खेले । कोहलीले ६५ रन, धवनले ६१ रन र दीपक चाहरले ५४ रनको योगदान गरे । यस्तै, सूर्यकुमार यादवले ३९, श्रेयस आयरले २६  जोडे ।

दक्षिण अफ्रिकाका लुंगी एनजीडी र एडिलेले ३/३ विकेट लिए भने ड्वाने प्रिटोरीउसले २ विकेट लिए । यस्तै, केशव महाराज र शिसन्द मगलाले एक-एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८७ रन बनाएको  थियो ।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले १ सय २४ रनको शतकीय पारी खेले । रस्सी भान डेर डुसेनले ५२ रनको अर्धशतकीय पारी खेल्दा डेभिड मिल्लरले ३९ रन बनाए । भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए भने दीपक चाहर र जस्प्रित बुम्राहले २/२ विकेट लिए । यस्तै, युजभेन्द्र चहालले एक विकेट लिए ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया