प्रिमियर लिग : टोटेनह्यामलाई हराउँदै चेल्सीले लिभरपुलसँगको अङ्क दूरी घटायो

 माघ १०, २०७८ सोमबार ७:२०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा  टोटेनह्यामलाई हराउँदै चेल्सीले लिभरपुलसँगको अङ्क दूरी घटाएकाे छ ।

गएराति भएको खेलमा टोटेनह्यामलाई २–० गोल अन्तरले पराजित गर्दै चेल्सीले लिभरपुलसँगको अङ्क दूरी घटाएको हो । 

चेल्सीका लागि खेलको ४७औँ मिनेटमा हकिम जीएच र खेलको ५५औँ मिनेटमा थिएगो सिल्भाले एक-एक गोल गरे  । 

जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको ४७ अङ्क भएको छ । सातौँ स्थानमा रहेको टोटेनह्यामको ३६ अङ्क छ । 

जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलको ४८ अङ्क भएको छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको ५७ अङ्क छ  । 

यस्तै, गएरातिका अन्य  खेलमा लेस्टर सिटी र ब्राइटन तथा आर्सनल र बर्नलीले बराबरी खेलेका छन् ।

लेस्टर र ब्राइटनले एक-एक गोलको बराबरी गरे भने आर्सनल र बर्नलीले गोलरहित बराबरी खेलेका हुन् । 

 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया