कर्मचारीलाई कोरोना भएपछि सङ्खुवासभा जिल्ला अस्पतालका अत्यावश्यक बाहेकका सेवा बन्द

 माघ १०, २०७८ सोमबार १०:२०:४ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - जिल्ला अस्पताल सङ्खुवासभामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना सङ्क्रमण भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

आजदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको सङ्खुवासभा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. योगेन्द्रमणि बस्नेतले बताउनुभयाे ।

उहाँका अनुसार, आकस्मिक सेवा, प्रसूति सेवा र फिभर क्लिनिक मात्र सञ्चालन हुने अन्य ओपीडी लगायतका सेवाहरु माघ १५ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ ।

सङ्खुवासभामा काेराेना सङ्क्रमण हुनेकाे सङ्ख्या १२३ पुगेकाे छ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया