आहा रारा गोल्डकप : आर्मी र थ्री स्टार खेल्दै, सेमिफाइनलदेखि दर्शकलाई प्रवेश दिइने

 माघ ११, २०७८ मंगलबार ७:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटर फाइनलमा आज त्रिभुवन आर्मी क्लब र थ्री स्टार खेल्दैछन् ।

खेल दिउँसो साढे दुई बजे पोखरा रङ्गशालामा हुनेछ । आजको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ।

मनाङ पुलिस क्लबलाई २–० गोलले हराउँदै अन्तिम चारमा पुगिसकेको छ । यस्तै शनिवार भएको खेलमा बीवाईएससी मिनेसोटा यूएसएलाई ३–१ गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ।

प्रतियोगिताको सेमिफाइनलदेखि दर्शकलाई रङ्गशालामा प्रवेश दिइने भएको छ । आयोजक सहारा क्लब पोखराले सामाजिक सञ्जालमा भोलिदेखि हुने सेमिफाइनल खेलमा दर्शकलाई प्रवेश दिइने जनाएको हो ।

आयोजक सहाराले दर्शकलाई स्थानीय प्रशासनले लागू गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै खेल हेर्न अनुमति दिइने जनाएको छ । तर, सीमित दर्शकलाई मैदान प्रवेशको अनुमति हुने आयोजकले जनाएको छ।

गएको ६ गतेदेखि सुरु भएको प्रतियोगिता दर्शकविहीन चलिरहेको थियो । हिजोको खेलमा सङ्कटा क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । मच्छिन्द्रले सेमिफाइलनमा भोलि एपीएफ क्बलसँग खेल्नेछ ।

२०औँ संस्करणको आहा रारा गोल्डकप पोखरामा चलिरहेको छ । प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया