थ्री स्टारलाई हराउँदै त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइलनमा

 माघ ११, २०७८ मंगलबार १६:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – थ्री स्टार क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ । पोखरा रङ्गशालामा आज मङ्गलवार भएको खेलमा थ्री स्टार क्लबलाई एक–शून्य गोलले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीका लागि खेलकाे ७० औँ मिनेटमा राजीव गुरुङले गोल गरे । अब आर्मीले फाइनल प्रवेशका लागि पर्सि बिहीवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्नेछ । पहिलो सेमिफाइलनमा भने भोलि बुधवार मच्छिन्द्र फुटबल क्बल र एपीएफ क्लब खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ ।

प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यसैबीच प्रतियोगिताको सेमिफाइनलदेखि दर्शकलाई रङ्गशालामा प्रवेश दिइने भएको छ । आयोजक सहारा क्लब पोखराले भोलिदेखि हुने सेमिफाइनल खेलमा स्थानीय प्रशासनले लागू गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दर्शकलाई अनुमति दिइने जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया